सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीच छलफल जारी
सभामुख घिमिरेले अहिले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
काठमाडौं, जेठ २१ : प्रतिनिधिसभाको अवरोध हटाउने बिषयमा सभामुख देवराज घिमिरे र दलका प्रमुखसचेतकसँगको छलफल जारी छ।
सभामुख घिमिरेले अहिले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। यसअघि सभामुख घिमिरेले विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् । छलफलमा कानुनमन्त्री अजयकुमार चौरासिया पनि सहभागी छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले संसद अबरुद्ध पारेपछि सभामुख घिमिरेले अवरोध खुलाउन छलफल जारी राखेका हुन्।
प्रतिपक्षी दलहरुले भने गृहमन्त्रीले राजीनामा दिएर उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने अडा दोहोर्याएका छन्।
सहमति नजुटेपछि मंगलबार स्थगित भएको बैठक बुधबार १ बजे बस्ने भनिए पनि अहिलेसम्म शुरु हुन सकेको छैन।