Kathmandu Press

राजीनामा नदिने गृहमन्त्रीको अडान

बैठकमा भिजिट भिसा प्रकरण उठाउँदै सांसदहरुले राजीनामा दिन गृहमन्त्रीलाई भनका थिए। तर, गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने बताउँदै यसका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए।
राजीनामा नदिने गृहमन्त्रीको अडान

काठमाडौं, जेठ २१ : गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। 

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीले यस्तो बाएका हुन्।

Hardik ivf

बैठकमा भिजिट भिसा प्रकरण उठाउँदै सांसदहरुले राजीनामा दिन गृहमन्त्रीलाई भनका थिए। तर, गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने बताउँदै यसका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए।

साथै उनले भिजिट भिसा प्रकरणबारे समितिको बैठकमा जवाफ दिँदा सबै सांसदहरुले जिज्ञासा नमेटिने भन्दै संसदमै जवाफ दिने बताए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन्।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। 

प्रकाशित मिति: १२:०६ बजे, बुधबार, जेठ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्