Kathmandu Press

केबीसीको नयाँ श्रृंखला सुरु गर्दै अभिताभ, लकडाउनमै प्रोमो सुटिङ

काठमाडौं, वैशाख २५ : बलिउडका महानायक अमिताभ बच्चन कौन बनेगा करोडपति (केबीसी)को नयाँ श्रृंखला सुरु गर्न लागेका छन्। उनले लकडाउनबीच नै यसको प्रोमो सुटिङ....

केबीसीको नयाँ श्रृंखला सुरु गर्दै अभिताभ, लकडाउनमै प्रोमो सुटिङ

काठमाडौं, वैशाख २५ : बलिउडका महानायक अमिताभ बच्चन कौन बनेगा करोडपति (केबीसी)को नयाँ श्रृंखला सुरु गर्न लागेका छन्। उनले लकडाउनबीच नै यसको प्रोमो सुटिङ गरेका छन्।

केबीसीको १२औं श्रृंखला छिट्टै सुरु हुन लागेको जनाएको छ। यसका लागि उनले प्रोमो सुटिङ गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘केबीसीको प्रोमो तयार भयो। मैले दुई दिनमा गर्नुपर्ने काम एकै दिनमा सकेको छु।’

Hardik ivf

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। यसका लकडाउन लगाइएको छ। उनले लकडाउनबीच प्रोमो सुटिङ गरेको खबरले केहीले आलोचना गरेका छन्।

आलोचना गर्नेहरुलाई बच्चनले जवाफ पनि दिएका छन्। उनले भनेका छन्, ‘हो, मैले काम गरेको छु। मलाई काम गर्दा तपाईलाई समस्या हुन्छ, भने त्यो समस्या तपाईसँग राख्नुस्। कामको समयमा पूर्ण सावधानी अपनाएका छौं।’

७७ वर्षीय बच्चनले यस्तो अवस्थामा पनि काम गरिरहेका सबैको प्रशंसा गरेका छन्। उनले भनेका छन, ‘यस्तो स्थितिमा पनि जो काम गरिरहेका छन्, उनीहरुप्रति आभार प्रकट गर्दछु। उनीहरुले काम गर्दा नै हामी घरमा शान्तिसँग बस्न पाइरहेका छौं।’ उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दैनिक उपभोग्यवस्तु आपूर्तिकर्तालगायत सबैको प्रशंसा गरेका हुन्।

उनले केबीसीको अन्य एपिसोडको पनि काम भइरहेको जनाएका छन्। उनले १२ वटा भिडियो सुटिङ भएको र त्यसको अडियो रिकर्डिङ भइरहेको जनाएका छन्।

केबीसीको १२औं श्रृंखलामा छनोट प्रक्रिया डिजिटल बनाइएको छ। कोरोनाको संक्रमणलाई मध्यनजर गरि सबै प्रक्रिया डिजिटल बनाएको जनाएको छ।

 

प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, वैशाख २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्