नेता खनालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं, वैशाख २५ : कोभिड–१९ को जोखिम हुन नदिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गृ....

काठमाडौं, वैशाख २५ : कोभिड–१९ को जोखिम हुन नदिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गृह जिल्लाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। क्षेत्र नं १ का संघीय सांसदसमेत रहेका नेता खनालले जिल्ला समन्वय समिति (जिसस)ले पाउने गरी काठमाडौंमा बस्दै आएका नेकपा कार्यकर्ता मनिष लिम्बू र कुनाल राईलाई हस्तान्तरण गरेका हुन्।
हस्तान्तरित सामग्रीमा थर्मगन, स्यानिटाइजर, सर्जिकल मास्क, एन–९५ मास्क र पिपिइ सेट हस्तान्तरण रहेका. छ। यसभन्दा अघि क्षेत्र नं २ बाट निर्वाचित संघीय सासंद तथा पूर्व सभामुख सुवास नेम्वाङले समेत कोरोनाविरुद्धको सामग्री हस्तान्तरण गरेका थिए। जिल्लाबाट निर्वाचित अन्य सांसदले समेत राहत तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएका छन्।











