Kathmandu Press

आज साँझ दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, वैशाख २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज २५६४ औँ बुद्धजयन्तीका अवसरमा साँझ ७ बजे दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । ओलीले कोभिड १९ विरु....

आज साँझ दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, वैशाख २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज २५६४ औँ बुद्धजयन्तीका अवसरमा साँझ ७ बजे दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । ओलीले कोभिड १९ विरुद्धको संघर्षमा ऐक्यवद्धता प्रकट गर्न भन्दै यस्तो आग्रह गरेको जनाएका छन् ।

“विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औँ जन्मजयन्तिका सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरुप्रति उच्च सम्मानस्वरुप, संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभका लागि मृत्युवरण गर्नुभएकाहरुको शान्तिका लागि वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गरौँ,” भन्दै ओलीले सबैलाई आह्वान गरेका छन् । ।

प्रकाशित मिति: ०७:४७ बजे, बिहीबार, वैशाख २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्