बजेटबारे पूर्वअर्थमन्त्री पुनको प्रतिक्रिया– बलियो सरकारको कमजोर बजेट
‘अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि जस्तो छ नियमित गरौं भन्ने खालको नियमित बजेटको रुपमा आएको छ,’ उनले भने, ‘बलियो सरकार छ, तर आशा जगाउन सकेन।’
काठमाडौं, जेठ १५ : पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले आशा जगाउने खालको बजेट ल्याउन नसकेको बताएका छन्।
बिहीबार सरकारले बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि नियमित ढंगले बजेट आएको बताए।
‘अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि जस्तो छ नियमित गरौं भन्ने खालको नियमित बजेटको रुपमा आएको छ,’ उनले भने, ‘बलियो सरकार छ, तर आशा जगाउन सकेन।’
बलियो बजेट आउनुपर्ने भएपनि त्यस्तो बलियो नदेखिएको बताउँदै पूर्वअर्थमन्त्री पुनले बजेट छरिएर आएको बताए।
त्यस्तै उनले करको विषयमा भने विद्युतीय गाडीमा निरन्तरता गरेर पर्यावरण संरक्षणका कुराले पनि राम्रो काम भएको धारणा राखे।
प्रकाशित मिति: १८:५० बजे, बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
