Kathmandu Press

यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने

अर्थमन्त्री पौडेलले अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने पनि बताए। यस्तै, कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेको छ। 
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने

काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदमा चालु आर्थिक वर्ष २०८१÷८२ को आर्थिक सर्वेक्षण पेस गर्दै यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी दिएका छन्। 

अर्थमन्त्री पौडेलले अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने पनि बताए। यस्तै, कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेको छ। 

Hardik ivf

सर्वेक्षण मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ । अर्थमन्त्री पौडेलले दिएको जानकारी अनुसार २०८१ साल फागुन मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको छ। 

आर्थिक सर्वेक्षणमा नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको छ। मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए। 
 

प्रकाशित मिति: १४:४० बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्