Kathmandu Press

अन्तरिक्षमा फिल्म सुटिङ गर्ने तयारीमा टम क्रुज

काठमाडौं, वैशाख २४ : हलिउड अभिनेता टम क्रुजले अन्तरिक्षमा फिल्म सुटिङ गर्ने भएका छन्।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र वैज्ञानिकहरुको समेत स....

अन्तरिक्षमा फिल्म सुटिङ गर्ने तयारीमा टम क्रुज

काठमाडौं, वैशाख २४ : हलिउड अभिनेता टम क्रुजले अन्तरिक्षमा फिल्म सुटिङ गर्ने भएका छन्।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र वैज्ञानिकहरुको समेत सहकार्यका अन्तरिक्षमा फिल्म छायांकन हुने भएको छ। अन्तरिक्षमा नै बसेर बन्न लागेको एक्सन एड्भेन्चर फिल्म यो नै पहिलो हुनेछ।

नासाका प्रशासक जिम ब्रिडेन्स्टिनले यसबारे खुशी व्यक्त गर्दै ट्वीटरमा लेखेका छन्, ‘हामी निकै उत्साहित छौं, टम क्रुजसँगै काम गर्न पाएकोमा। हामीलाई चर्चित मिडियाको आवश्यकता छ, ताकी नयाँ पुस्ताका इन्जिनियर तथा वैज्ञानिकहरुलाई नासाको महत्वाकांक्षी योजनालाई पूर्णता दिन प्रेरणा मिलोस्।’

उनीसँगै अन्तरिक्षमा कति जना सहयोगीहरु काम गर्नेछन् भन्ने खुलाइएको छैन। यसअघि पप स्टार बासको आइएसएसमा पुगेर पृथ्वीलाई फन्को मार्ने योजना भने पूरा भएको थिएन्।

 

 

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, वैशाख २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्