समस्यामा परेका श्रमिकहरुको सहायतामा जुट्दै महिला संघ
काठमाडौं, वैशाख २४ : कोरोना भाइरसको संक्रमणको जोखिम फैलन नदिन सरकारले गरेको लकडाउनको कारण समस्यामा परेका दैनिक ज्यालादारी तथा मजदुरी गर्ने श्रमिकको सह....

काठमाडौं, वैशाख २४ : कोरोना भाइरसको संक्रमणको जोखिम फैलन नदिन सरकारले गरेको लकडाउनको कारण समस्यामा परेका दैनिक ज्यालादारी तथा मजदुरी गर्ने श्रमिकको सहायतामा नेपाल महिला संघ जुट्ने भएको छ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले लकडाउन लम्बिदै गएपछि दैनिक मजदुरी गरेर छाक टार्दे आएका बर्गलाई लक्षित गर्दै राहत सहयोग अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
महिला संघ काठमाडौं जिल्ला समितिको संयोजनमा ७७ वटै जिल्लाका महिला नेतृ सहभागी भिडियो कन्फ्ररेन्सबाट मजदूर परिवार, विपन्न समूदाय, अपाङ्गता भएका व्यक्ति, महिलालगायतलाई सहायता गर्ने निर्णय गरेको महिला संघ सिन्धुपाल्चोककी सभापति गीता नेपालले जानकारी दिइन।
सरकार तथा विभिन्न मनकारी व्यक्तिले राहत वितरण गरिरहेपनि सबै माँझ राहत पुग्न नसकेको भन्दै संघ पनि सहयोगको आभियान लिएर अघि बढेको उनले बताइन्।
संघले पहिलो चरणमा काठमाडौंमा रहेका दैनिक ज्यालादारीमा निर्भर मजदूर परिवार, विपन्न समूदाय, अपाङ्गता भएका व्यक्ति, महिलालगायतलाई राहत सहयोग उपलब्ध गराउने भएको छ। क्रमश देशभर नै अभियान सञ्चालन गर्ने भएकोले राहत सहायता आवश्यक भएकाहरुलाई सम्पर्क गर्न अनुरोधसमेत गरेको छ।











