Kathmandu Press

पहिरोमा पुरियो मोटरसाइकल, चालकको मृत्यु

हेटौडा, वैशाख २४ : काठमाडौंबाट मकवानपुरको इपा जाँदै गरेको मोटरसाइकल पहिरोमा पुरिएको छ। मोटरसाइकल पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ।

गएरात....

पहिरोमा पुरियो मोटरसाइकल, चालकको मृत्यु
फाइल फाेटाे

हेटौडा, वैशाख २४ : काठमाडौंबाट मकवानपुरको इपा जाँदै गरेको मोटरसाइकल पहिरोमा पुरिएको छ। मोटरसाइकल पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ।

गएराति काठमाडौँबाट इपातर्फ जानेक्रममा बा ४४ प ६०८५ नम्बरको मोटरसाइकल कोगटेखोला नजिकै पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएर मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउरालीका २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतक कृष्णको शव परीक्षणका लागि प्रहरीले हेटौँडातर्फ ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। (रासस)

प्रकाशित मिति: १०:२३ बजे, बुधबार, वैशाख २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्