Kathmandu Press

नागढुंगामा लुटिए पैदलयात्री 

काठमाडौं, वैशाख २३ : लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौंमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर  घर जान  लाग्दा नागढुंगमा ल....

नागढुंगामा लुटिए पैदलयात्री 

काठमाडौं, वैशाख २३ : लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौंमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर  घर जान  लाग्दा नागढुंगमा लुटिएका छन्। काठमाडौंमा घर निर्माणमा संलग्न ४५ वर्षीय राघवेन्द्र चौधरी विराटनगर जाने क्रममा नागढुंगामा लुटिएका हुन्।  

नागढुंगाभन्दा तल बस पाइन्छ भन्ने आश्वासन दिएर उनलाई लुटिएको थियो। भारत, मालदह घर बताउने चौधरीको घाँटीमा खुकुरी तेर्स्याएर उनीसँग भएको १५ हजार रुपैयाँ र  झोला लुटिएको बताइएको छ।  ठेकेदारले घर जनालाई १५ हजार रुपैयाँ दिएका थिए। लुटिएपछि पैसाको अभावले पीडित चौधरी भोकै हेटौँडासम्म पुगेका थिए। बुधचोकमा भेटिएका उनलाई राससले खाजा, पानी र बाटा खर्च दिँदै मकवानपुर  प्रहरीलाई जिम्मा लगाएको थियो। उनी विराटनगर जान लागेका थिए। 

लकडाउन लम्बिँदै जाँदा दिनहुँ सैयौँ मजदूर हेटौँडा हुँदै आआफ्नो गन्तव्यमा जाँदै गरेको देखिन्छ। बाटामा खाजा र खाना नपाइएको कलैयाका रामपुकार ठाकुरले बताए।

प्रकाशित मिति: १९:१९ बजे, मंगलबार, वैशाख २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्