Kathmandu Press

कोराना भाइरस रोकथामको लागि वैकल्पिक चिकित्सामा जोड दिइनेछ : मन्त्री ढकाल

काठमाडौं, वैशाख २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्व समुदाय नै कोराना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उप....

कोराना भाइरस रोकथामको लागि वैकल्पिक चिकित्सामा जोड दिइनेछ : मन्त्री ढकाल

काठमाडौं, वैशाख २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्व समुदाय नै कोराना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उपचार पद्दतिसँगै नेपालमै परम्परागतरुपमा अभ्यास गरिंदै आएको वैकल्पिक उपचार पद्दतिलाई पनि जोड दिइने बताएका छन्।

आज मन्त्रालयमा सोवा रिग्पा एशोसिएशन नेपालका तर्फबाट कोरोना उपचार कोषमा जम्मा गर्न प्रदान गरिएको तीन लाख रुपैयाँ ग्रहण गर्दै मन्त्री ढकालले सरकारले कोभिड ­१९ लगायत अन्य भाइरस लाग्न नदिन पूर्व रोकथामका रुपमा आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरिएको बताए।

उनले कोभिड ­१९ बाट बच्न नागरिकस्तरबाट सरकारलाई ठूलो सहयोग प्राप्त भएको बताउँदै यसले रोगविरुद्धको लडाइँमा जुध्न सहयोग पुगेको बताए।  एशोसिएशनका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले यस रोगको रोकथाम र नियन्त्रणका लागि भविष्यमा आवश्यक औषधि हस्तान्तरण र स्वास्थ्य शिविर सञ्चालन गर्न तयार रहेको बताए।

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, वैशाख २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्