Kathmandu Press

जोखिममा ताल्चा विमानस्थल, निर्माण कम्पनी गायब ! 

टर्मिनल र टावर भवन निर्माणका लागि जिम्मा लिएको ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले आर्थिक वर्ष २०७८/०७९ मै निर्माण सम्पन्न गर्नेगरी ८ करोड ६५ लाख रुपैयाँमा जिम्मा लिएको काम हालसम्म पूरा गर्न सकेको छैन।
जोखिममा ताल्चा विमानस्थल, निर्माण कम्पनी गायब ! 

मुगु, जेठ १ : रारा तालको किनारमा रहेको मुगुको ताल्चा विमानस्थलको अवस्था चिन्ताजनक देखिएको छ।

विमानस्थलको सेवा प्रवाह एक सानो काठको टहराबाट संचालनमा छ भने चैतर्फी खुल्ला भएका कारण पशु चौपाय र मानिसहरु जताभावी विमानस्थलभित्र प्रबेश गर्ने गरेका कारण जोखिम बढेको छ।

Hardik ivf

टर्मिनल र टावर भवन निर्माणका लागि जिम्मा लिएको ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले आर्थिक वर्ष २०७८/०७९ मै निर्माण सम्पन्न गर्नेगरी ८ करोड ६५ लाख रुपैयाँमा जिम्मा लिएको काम हालसम्म पूरा गर्न सकेको छैन।

भवन अधुरै र लथालिङ्ख पारेर ठेक्कादार सम्पर्कबिहीन भएको स्थानीयहरुको भनाइ छ। जसका कारण यात्रु र पर्यटकहरुले सास्ती खेपिरहेका छन्। 

२०६० देखि कच्ची धावनमार्गमार्फत हवाई सेवा संचालनमा आएको विमानस्थल ०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएर हालसम्म सन्चालनमा छ। तर जोखिम बढ्दो छ। 

विमानस्थलदेखि सडकसम्म आवतजावत गर्न वैकल्पिक बाटो नहँुदा थप समस्या भएको छ। उत्तर–दक्षिणतर्फ पहिरोको जोखिम बढिरहेको, टर्मिनल र टावर भवन निर्माण नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको स्थानीयबासीको गुनासो छ। 

विमानस्थलको चारैतिर लगाइएको घेरावार ठाँउ ठाँउमा भत्काउने, चोर्ने गरेकाले सुरक्षा चुनौति थपिएको छ।  जहाज अवतरण गर्ने समयमा नेपाल प्रहरीले ठाँउ ठाँउमा सुरक्षा दिने गरेको भएपनि पशु चौपायहरु प्रवेशमा रोक्न कठिन भइरहेको विमानस्थलको सुरक्षा गार्ड कार्यालयका निमित्त प्रमुख मिल बरियाले बताए। 

विमानस्थल पर्यटकीय हिसावले महत्वपूर्ण भएपनि घेरावारा, वैकल्पिक बाटो नहुनु, धावन मार्गको छेउछाउ वर्षेनी भासिदै जानेको गरेको यात्रु जय बहादुर मल्लले बताए। मिानस्थलबाट दैनिक तारा, गोमा, सिता जहाजले उडान भर्ने गरेका छन्। 

प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, जेठ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्