कोभिड १९ : मुलुकभर ६६ हजार नमूना परीक्षण
काठमाडौं, वैशाख २३ : सरकारले हालसम्म मुलुकभर पिसिआर र र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ।&nb....

काठमाडौं, वैशाख २३ : सरकारले हालसम्म मुलुकभर पिसिआर र र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर विधिबाट १३ हजार ८५० र आरडिटी विधिबाट ५२ हजार २२७ नमूना परीक्षण गरिएको जानकारी दिए। पछिल्लो २४ घन्टामा एक हजार ५८२ वटा नमूना परीक्षण गरिएको छ। मुलुकभरका विभिन्न १८ स्थानबाट पिसिआर विधिबाट परीक्षण भइरहेको उनले जानकारी दिए।
प्रदेश नं १ मा छ हजार १२२, प्रदेश नं २ मा पाँच हजार ७७५, वागमती प्रदेशमा आठ हजार ९४०, गण्डकी प्रदेशमा छ हजार ७४, प्रदेश नं ५ मा पाँच हजार १९३, कर्णाली प्रदेशमा पाँच हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २४४ वटा नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए।
देशभर कुल संक्रमितको संख्या ८२ पुगेको छ। जसमध्ये पुरुष ६२ र महिला २१ छन्। प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, वागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा सङ्क्रमण देखिएको छ। रुपन्देहीमा एक, नेपालगन्जमा २३, कैलालीमा एक, चितवनमा एक, पर्सामा नौ र मोरङमा ३१ जना गरी जम्मा ६६ जनाको उपचार भइरहेको छ।
सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। आइसोलेसनमा रहेका सम्भावित संक्रमितको संख्या १२० रहेको छ। काठमाडौं उपत्यकामा २ र उपत्यका बाहिर ११८ जना आइसोलेसनमा छन्।
मुलुकभर क्वारेन्टिनमा बस्नेको संख्या २१ हजार ९९ पुगेको छ। प्रदेश नं १ मा दुई हजार १२४, प्रदेश नं २ मा एक हजार २९०, वागमती प्रदेशमा २५८, गण्डकी प्रदेशमा ७२६, प्रदेश नं ५ मा आठ हजार ९२२, कर्णाली प्रदेशमा तीन हजार ७५४ र सुदूरपश्चिम प्रदेशमा चार हजार २५ जना क्वारेन्टिनमा बसेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।











