हात राम्रोसँग नधुँदा हुनसक्ने पाँच जोखिम
काठमाडौं, वैशाख २३ः आज मे ५, अर्थात विश्व हात स्वच्छता दिवस (वर्ड ह्याण्ड हाईजिन डे) । स्वच्छता प्रति विश्वभरका मानिसहरुमा चेतना फैलाउनु य....
काठमाडौं, वैशाख २३ः आज मे ५, अर्थात विश्व हात स्वच्छता दिवस (वर्ड ह्याण्ड हाईजिन डे) । स्वच्छता प्रति विश्वभरका मानिसहरुमा चेतना फैलाउनु यसको मुल उद्देश्य हो। विश्व स्वास्थ्य संगठनले यो वर्षका लागि मुल नारा ‘जीवन बचाउनुहोस्, आफ्ना हातहरु सफा गर्नुहोस्’ बनाएको छ। उनीहरूका अनुसार, हात धुने बानी नहुनु नै कुनै पनि सरूवा रोग संक्रमणको मुख्य कारण हो। तसर्थ हात राम्ररी धुने बानी बसाल्न सके केही हदसम्म कोरोना भाइरस जस्ता संक्रमक रोगहरूबाट बच्न सकिने उनीहरुको तर्क छ।
कोरोना भाइरस मात्र नभइ यो समय सबैले आफ्नो हातहरू राम्रोसँग धोएर र विश्व हात स्वच्छता दिवस मनाएर सबै संक्रामक संक्रमणहरूको विरूद्ध लडाई जित्ने समय हो।
हात नधुँदा के हुन्छ ?
हामी दैनिक असंख्य चीजहरूलाई छुन्छौं। फोहोर सतहहरू, ग्याजेटहरू, भाँडाकुँडा लगायतका धेरै सामानहरु छुने क्रममा त्यसमा भएका ब्याक्टेरीया र भाइरसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हातमा सरिसकेको हुन्छ। यसरी हातमा भएका भाइरसहरू आँखा, नाक र मुख छोएपछि हाम्रो शरीरमा प्रवेश गर्छ।
साथै हामीले खाना बनाउने क्रममा पनि हातकै प्रयोग गर्ने गर्दछौं। खाना बनाउँदा यदी हात सफा छैन भने यसले खाना दुषित गर्न सक्छ। वास्तवमा त्यस्ता चिजहरुमा संक्रामक रोगहरू हन सक्ने प्रवल सम्भावना रहन्छ। जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ।
विश्वव्यापी महामारीको रुपमा फैलिइएको कोरोना भाइरसलाई मध्यनजर गर्दै वैज्ञानिकहरुले समयसमयमा हात धुँदा कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सकिने दाबी गरेका छन्। यो मात्र नभई यसलाई निरन्तरता दिन सके अन्य विभिन्न संक्रामक रोगहरुबाट समेत बच्न सकिने वैज्ञानिकहरु बताउँछन्।
राम्रोसँग हात नधुँदा उत्पन्न हुने जोखिमहरु
१. झाडा–पखाला
दुषित खाना सेवनबाट लाग्ने पखालाबाट बच्न तपाईले आफ्नो हात नियमित रूपमा धुनु जरुरी छ। नाइजेरियाको क्यालाबा विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार नियमित रूपमा हात धुनुले पखालाको घटनालाई ३० प्रतिशतसम्म कम गर्न मद्दत पुर्याउँछ।
२.हेपाटाईटिस ए
यो भाइरस संक्रमण जसले कलेजो समस्या, जन्डिस, पेट दुखाइ, ज्वरो र थकानको कारण हुन सक्छ। यो रो मुख्यतया खानेकुरामार्फत फैलने गर्दछ। नेशनल इन्स्टिच्युटका अनुसार दुषित मलको माइक्रोस्कोपिक ट्रेसको सेवन गर्दा पनि हेपाटाइटिस ए को संक्रमण हुन सक्छ। तसर्थ सफा खाना खानु, सफा पानी पिउनु र हात धुने बानीले धेरै हदसम्म यस रोगको खतराबाट बच्न सहयोग गर्छ।
३. गुलाबी आँखा
नेश्नल नेत्र संस्थान, संयुक्त राज्य अमेरिकाले गरेको एक अध्ययन अनुसार मानिसहरु आफ्नो वरीपरीको दुष्य अवलोकन गर्ने क्रममा जानेर वा अन्जानमा सहजताका लागि आँखा मिच्ने गर्दछन्। जसले हातमा भएको किटाणुहरु आँखाको माध्यमबाट शरीरमा प्रवेश गरी आँखाको रोग निम्त्याउने गर्दछ। तसर्थ समय समयमा हात धुने बानीले केही हदसम्म यस्ता रोगहरूलाई शरीरमा प्रवेश गर्न रोक लगाउन सहयोग गर्दछ।
४. सामान्य चिसो
मौसमी परिवर्तनका कारण लाग्ने सामान्य चिसोले पनि मानिसको शरीरमा धेरै असर पु¥याई रहको हुन्छ। अमेरिकी जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित एउटा अध्ययन अनुसार, बारम्बार हात धुनाले कुनै व्यक्तिको श्वास रोगको सिकार हुने खतरा ४५ प्रतिशत सम्म कम गर्न सक्छ।
५. कोभिड–१९
एक मानिसबाट अर्को मानिसमा सजिलै सर्ने यो रोगविरूद्धको लडाई जित्न हामीले गर्न सक्ने सबै भन्दा महत्वपूर्णकाम भनेकै हाम्रा हातहरू बारम्बार धुनु नै हो। यसको नियन्त्रणको उपयुक्त उपाय भनेकै २० सेकेण्डसम्म राम्ररी साबुन पानीले हात धुनु हो।
(एजेन्सीको सहयोगमा)