दैनिक २४ देखि २६ सय जनालाई निःशुल्क खाना
काठमाडौं, वैशाख २३ : कागेश्वरी मनोहरा नगरपालिका ८ गोठटारले लकडाउनको कारण समस्यामा परेका बर्गलाई निःशुल्क खाना वितरण गर्दै आएको छ। दैनिक २४ देखि २६ सय ....

काठमाडौं, वैशाख २३ : कागेश्वरी मनोहरा नगरपालिका ८ गोठटारले लकडाउनको कारण समस्यामा परेका बर्गलाई निःशुल्क खाना वितरण गर्दै आएको छ। दैनिक २४ देखि २६ सय जनालाई खाना वितरण गर्दै आएको वडाले दिनमा दुई पटक खाना दिने गरेको छ।
कागेश्वरी मनोहरा ८ का वडाअध्यक्ष कृष्ण प्रसाद चापागाईका अनुसार वैशाख ८ गतेदेखि दैनिक बिहान ९ देखि १० बजेसम्म र साँझ साढे ४ देखि ६ बजेसम्म खाना वितरण भइरहेको छ।
खाना वितरण सामाजिक दुरी कायम गर्दै गरिएको छ। साथै, परिवारको संख्याको आधारमा पनि खाना वितरण गरिएको उनले बताए।
दैनिक ३० देखि ४० जना स्वयमंसेवकले खाना बनाउने गरेका छन्। खाना वितरण गर्दै आएका स्वयमसेवक गोविन्द्र पुडासैनी भन्छन्,'स्वमसेवकहरु धेरै जसो आफ्नै घर गएर खाना खाने गरेका छन्।'
खानाको लागि दैनिक एक लाख ५० हजार रुपैयाँको हाराहारीमा खर्च हुन्छ। नगरपालिका भित्रको बासिन्दा, संघ संस्थाले आर्थिक सहयोग र खाद्यन्न सहयोगबाट कार्यक्रम चलिरहेको चापागाई बताउँछन्।
स्थानीय मदन आश्रिश कलेजको कम्पाउण्ड फरकालिको भएकाले कलेज भित्र खाना बनाएर दायाँ र बाँयाकोे गेटबाट वितरण गरिएको छ।
सुरुवाती चरणमा नगरपालिकाको सम्पूर्ण वडाले खाना वितरण गर्दै आएपनि अन्य सबैले छोडिसकेको छन्। उक्त वडाले पनि आगामी २५ गतेसम्म मात्र खुवाउने योजना बनाएको छ।











