सांसद पराजुलीले सम्झिए प्रेम आचार्यको आत्मदाह, उद्यारो असुली कानुनको माग
उनले २०७९ माग १० गते बानेश्वरचोकमा प्रेम आचार्यले आत्मदाह गरेको घटना सुनाउँदै असुली कानुनको अभाव कारण अति साना, साना र मझौला उद्योगी व्यवसायीको पीडामा परेको बताए।-1746949384.jpg)
काठमाडौं, वैशाख २८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देशभित्र तथा अन्तर्राष्ट्रिय तहमा गरिने व्यवसायलाई मर्यादित बनाउन उद्यारो असुली कानून बनाउन माग गरेका छन्।
आइतबार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उद्यारो व्यवसायलाई कानूनले नचिन्दा कारोबार डुबेर कयौं व्यक्तिले जीवन त्यागिरहेको भन्दै उद्यारो असुलीको कानूनको माग गरे।
‘देशभित्र तथा अन्तर्राष्ट्रिय तहमा गरिने व्यवसायी कारोबारलाई मर्यादित बनाउन उद्यारो कारोबारलाई कानूनी श्रृङखला भित्र जोड्नको लागि तत्काल उद्यारो असुली कानून बनाउनको लागि सरकार र सम्बन्धित मन्त्रालयलाई निर्देशनसहित ध्यानाकर्षण गराउदछु,’ उनले भने।
उनले २०७९ माग १० गते बानेश्वरचोकमा प्रेम आचार्यले आत्मदाह गरेको घटना सुनाउँदै असुली कानुनको अभाव कारण अति साना, साना र मझौला उद्योगी व्यवसायीको पीडामा परेको बताए।
‘उद्यारो व्यवसाय भित्रको श्रृंखला हो। तर यसलाई कानूनले नचिन्दा कारोबार डुबेर कयौँ प्रेम आचार्यहरु आज पनि चुपचाप जीवन त्यागिरहेका छन्। ठूला र घराना उद्योगी व्यवसायीहरुले पहुँचका कारण उद्यारो असुली गर्न सक्लान्,’ उनले भने, ‘तर अति साना, साना र मझौला उद्योगी व्यवसायीको पीडा र उद्यारो असुलीका बारेमा कसले बोलिदिने सरकार।’










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)