Kathmandu Press

नीति तथा कार्यक्रम व्यवस्थित छ : महेश बर्तौला

उनले देशमा आजको मूल समस्या राजनीतिक र नीतिग अस्थिरता रहेको औंल्याउँदै अहिलेको नीति तथा कार्यक्रमले सच्याउने विश्वास व्यक्त गरे।
नीति तथा कार्यक्रम व्यवस्थित छ : महेश बर्तौला

काठमाडौं, वैकाख २८ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम सन्तुलित र व्यवस्थित ढंगबाट आएको बताएका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान आर्थिक समाजिक परिवेशको वास्तविक सीमामा टेकेर यथार्थपरक रहेको बताए।

Hardik ivf

‘नेपाल सरकारको ०८२/८३ को नीति तथा कार्यक्रमलाई नेकपा एमाले संसदीय दलको तर्फबाट यसको समर्थन जनाउन चाहन्छौं। सरकारले यस पटक नीति तथा कार्यक्रम संसदमा पेस गर्दा विगतको उल्टो तरिकालाई सुल्ट्याएर ल्याएको छ,’ उनले भने, ‘सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, छरपस्ट, कानुनको नजरमा अत्यन्तै कमजोर, स्रोतसाधनविहीन, सुन्दा कर्णप्रिय जस्तो लाग्ने छैन। अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान अर्थिक, समाजिक परिवेशको वास्तविक सिमामा टेकेर यर्थाथ परक, वस्तुनिष्ष्, कार्यान्वयनयोग्य हुनेगरी यो नीति तथा कार्यक्रम आएको देखिन्छ।’ 

उनले देशमा आजको मूल समस्या राजनीतिक र नीतिग अस्थिरता रहेको औंल्याउँदै अहिलेको नीति तथा कार्यक्रमले सच्याउने विश्वास व्यक्त गरे। उनले नीति तथा कार्यक्रम अब देशको विकास र समृद्धिको लागि स्पष्ट मार्गदर्शन हुनेपनि दाबी गरे।

‘एकदमै व्यवस्थित् ढंगबाट आएको छ, यसमा कमा र फूलस्टपपनि चेञ्ज गर्नुपर्दैन। स्पेसिफिक ढंगबाट नीति तथा कार्यक्रम आएको हुँदा १५५ बुँदामा रहेका नीति तथा कार्यक्रमलाई कहीँपनि चलाउनुपर्ने देखिँदैन्,’ उनले भने।

प्रकाशित मिति: १३:२० बजे, आइतबार, वैशाख २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्