काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे, वैशाख २८ : काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आइतबार बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय चालक लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर सडकबाट हकरिब १०० मिटर तल खसेको थियो।
प्रकाशित मिति: ११:५५ बजे, आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार