Kathmandu Press

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने 

प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूचीमा उल्लेख छ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने 

काठमाडौं, वैशाख २८ : संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएका छन्। 

आइतबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन्। 

Hardik ivf

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई आज निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। 

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

त्यसैगरी राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूचीमा उल्लेख छ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ। 

राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ। 

प्रकाशित मिति: ०९:५४ बजे, आइतबार, वैशाख २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्