लोकतन्त्र कमजोर भए प्रेस स्वतन्त्रता संकटमा पर्छ : उपराष्ट्रपति यादव
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सवल बनाउनमा पत्रकारहरुको भुमिका उल्लेखनीय रहेको पनि बताए।-(8)-1746866793.jpg)
ललितपुर, वैशाख २७ : नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबारबाट सुरु भएको छ। आज समिटको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका हुन्।
समारोहमा उपराष्ट्रपति यादवसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरूको उपस्थित रहेको छ।
उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काको पुरक भएको भन्दै लोकतन्त्र कमजोर हुदाँ प्रेस स्वतन्त्रता संकटमा पर्ने बताए।
‘लोकतन्त्र र प्रेस स्वतन्त्रता अनुयास्रित छन्। स्वतन्त्र प्रेसविना लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुदाँ प्रेस स्वतन्त्रता संकटमा पर्छ। हामीले असल जिम्मेवार नागरिकको रुपमा लोकतन्त्रको रक्षा गर्दै प्रेस स्वतन्त्रतालाई थप सुदृढ र परिष्कृत गर्न सक्नुपर्छ,’ उनले भने, ‘लोकतन्त्रका मूल्यहरुलाई संस्थागत गर्दै प्रेसलाई स्वतन्त्र बनाउन निरन्तर प्रयासको खाँचो छ।’
उनले देश र समाजको उन्नति र समृद्धिको लागि पत्रकारहरुको भुमिका वाच् डकको रुपमा हुनुपर्ने बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सवल बनाउनमा पत्रकारहरुको भुमिका उल्लेखनीय रहेको पनि बताए।
समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने छ। समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ। समिट काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गते ३० गतेसम्म चल्ने छ।