Kathmandu Press

सिरहामा शिक्षकको कुटाइबाट १३ वर्षीय बालक अस्पताल भर्ना 

शिक्षक सन्तोष गुप्ताले आफूलाई कोठा थुनेर बाँसको लठ्ठीले लगातार प्रहार गरेको विद्यार्थी अविनासले बताएका छन्।
सिरहामा शिक्षकको कुटाइबाट १३ वर्षीय बालक अस्पताल भर्ना 

सिरहा, वैशाख २६ : गोलबजार नगरपालिका वडा नं. ७ चाहेर्वा  स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ अध्ययनरत १३ वर्षिय छात्र अविनास यादव शिक्षकको कुटाईबाट मुर्छित भएका छन्। 

अविनासको बुबाले विद्यालयबाट बालक छोराको उद्धार गरी गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गराएका छन्। बालक अविनासको उपचार भइरहेको छ । उनी खतरामुक्त भएपनि ठिक हुन एक साता लाग्न सक्ने बताइएको छ। 

शिक्षक सन्तोष गुप्ताले आफूलाई कोठा थुनेर बाँसको लठ्ठीले लगातार प्रहार गरेको विद्यार्थी अविनासले बताएका छन्। अविनासको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौ नील डाम देखिन्छ। 

गृहकार्य नगरेको र भने अनुसार नगरी अटेरी गरेको निहुमा शिक्षक गुप्ताले अविनाशलाई मरनासन्न हुने गरी कुटेको बुबा सुरेशकुमार यादवले बताए। 

‘म खाना खान बसेको थिएँ, अचानक कसैले फोन ग¥यो। तिम्रो छोरालाई पिटेर बेहोस बनाएको छ भनेपछि म गाँस छोडेर कुँदे। विद्यालयमा पुग्दा मेरो छोरा इन्तु न चिन्तु थियो। शिक्षकमाथि कारबाही हुनुपर्छ।’

विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। प्रहरीले कानून बमोजिम कारवाही हुने बताएको छ।
 

प्रकाशित मिति: २०:१२ बजे, शुक्रबार, वैशाख २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्