Kathmandu Press

पाकिस्तानमा रहेका नेपालीको सुरक्षाबारे पूर्णरुपमा सचेत छौँ : परराष्ट्र मन्त्रालय 

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आवश्यक परेको खण्डमा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ। 
पाकिस्तानमा रहेका नेपालीको सुरक्षाबारे पूर्णरुपमा सचेत छौँ : परराष्ट्र मन्त्रालय 

काठमाडौं, चैत २६ : परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा र हित सुनिश्चित गर्नेतर्फ पूर्णरुपमा सचेत रहेको बताएको छ। 

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आवश्यक परेको खण्डमा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ। 

Hardik ivf

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ।’

शुक्रबार संसदमा बोल्नेक्रममा सांसदहरुले भारत र पाकिस्तानबीचको युद्धमा सचेत रहन सरकारलाई आग्रह गरेका थिए।


 

प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, वैशाख २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्