Kathmandu Press

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तववीच भेटवार्ता

भेटघाटमा नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने पनि प्रधानमन्त्री ओलीले राजदूत श्रीवास्तवसमक्ष स्पष्ट गरेका छन्। 
प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तववीच भेटवार्ता

काठमाडौं, वैशाख २६ : प्रधानमन्त्री केपी ओली र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा शुक्रबार भेटवार्ता भएको हो। भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको बताइएको छ। 

Hardik ivf

राजदूत श्रीवास्तवले उक्त घटनाबारे नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद पनि व्यक्त गरेका थिए।

भेटघाटमा नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने पनि प्रधानमन्त्री ओलीले राजदूत श्रीवास्तवसमक्ष स्पष्ट गरेका छन्। 

साथै, प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको बताउँदै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान रहेको भन्दै आतंकवादी हमलाको भत्र्सना समेत गरेका थिए।
 

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, वैशाख २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्