Kathmandu Press

राजा फर्काउनुको सट्टा चुनावमा बहुमत ल्याउन राजावादीलाई गोकुल बास्कोटाको सुझाव 

बास्कोटाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई राजा फर्काउनुको सट्टा आगामी निर्वाचनमा बहुमत ल्याउने कोसिस गर्न पनि सुझाव दिए। 
राजा फर्काउनुको सट्टा चुनावमा बहुमत ल्याउन राजावादीलाई गोकुल बास्कोटाको सुझाव 
फाइल तस्बिर।

काठमाडौं, चैत २६ : नेकपा एमालेका सांसदले नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा भएको छलफलमा राजावादीलाई राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्न सुझाव दिएका छन्।

सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री एवम् सांसद गोकुलप्रसाद बाँस्कोटाले यस्तो सुझाव दिएका हुन्। 

Hardik ivf

उनले राजा खोजेर समय बर्बाद नगर्न राजावादीलाई सुझाव दिए । बास्कोटाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई राजा फर्काउनुको सट्टा आगामी निर्वाचनमा बहुमत ल्याउने कोसिस गर्न पनि सुझाव दिए। 

‘तासका बुकका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस्। बाँकी त कहाँबाट आउनु ? राजा–राजा भन्या छ, अब निद्रा नि नपर्ला जस्तो भइसक्यो,’ सांसद बाँस्कोटाले भने, ‘आउँदैन हजुर त्यो। त्यतातिर कोसिसै नगर्नुस्। यो पनि समयको बर्बादी हो के, त्यता नजाऔँ।’   


 

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, वैशाख २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्