Kathmandu Press

दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् : सांसद सिंह

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताए।
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् : सांसद सिंह

काठमाडौं, वैशाख २६ : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी ओली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन्।  

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताए।

Hardik ivf

‘एउटा गभर्नरको नियुक्ति गर्न नसक्ने सरकार त्यो काम त एउटा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने हो। तर दुई दलको भागबण्डाको झगडाले अहिलेसम्म पुगेन। त्यसको आर्थिक असर कति पर्छ बैंकहरुसँगै पुरै आर्थिक क्षेत्रमा सरकारलाई मतलब छैन। मतलब त आफ्नो कार्यकर्ता राख्ने र आर्थिक क्षेत्रलाई कब्जा गर्ने भन्ने छ अर्कोलाई पनि त्यही छ,’ उनले भने, ‘यो कार्यकर्ताको देश हो कि नेपाली जनताको पनि देश हो? दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त त पारे दुई नै देशलाई ध्वस्त पार्न सहमतिमा छन्। हामी राजा जस्तै अगाडि पछाडी गाडि लिएर घुमौं।गभर्नरको नियुक्ति नगरेकोमा सरकारको प्रधानमन्त्री र सत्तापक्षका सभापति दुवै दोषी रहे।’ 

उनले खेतिपातिको सिजनमा मल र बिउको अभाव रहेको भन्दै मलको तस्करी भइरहेको बताए। उनले किसानले दुधको मूल्य, उखुको मूल्य नपाउनुमा सरकारी संयन्त्रनै दोषि रहेको भन्दै विचौलियाको मात्र सरकार रहेको बताए।

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, वैशाख २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्