Kathmandu Press

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण 

‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न÷गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भने।
भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण 
Hardik ivf

काठमाडौं, चैत २६ : सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेका छन्। 

शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसपछि सभामुख घिमिरेले पनि सरकारको ध्यानाकर्षणका लागि ‘रुलिङ’ गरे। 

‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न÷गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भने।

प्रकाशित मिति: १३:५४ बजे, शुक्रबार, वैशाख २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्