Kathmandu Press

बालबालिकामाथि गरेको लगानी एकदमै न्यून छ यसलाई बढाऔं : सांसद राना

सांसद रानाले अबको बजेटमा बालबालिकामैत्री बजेट तर्जुमा गरी बालवालिकामाथि लगानी गर्न र देशमा बाललगानी दशकको घोषणाको लागि सरकारसँग माग पनि गरेकी छन्। 
बालबालिकामाथि गरेको लगानी एकदमै न्यून छ यसलाई बढाऔं : सांसद राना

काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसकी सांसद् सिताकुमारी रानाले सरकारले बालबालिकामाथि गरेको लगानी एकदमै न्यून भएको बताएकी छन्। 

शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासंन्धि अनुमोदन गरेको ३५ वर्ष वितिसक्दा पनि थोरै स्थानीय तह बालमैत्री हुनु दुर्भाग्य भएको बताइन्। 

Hardik ivf

‘सन् १९९० मा नै संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासंन्धि विनासर्त अनुमोदन गरेका छौँ। ३५ वर्ष भयो अन्तर्राष्ट्रिय समुदायसामु प्रतिबद्धता गरेको तर अझै पनि महासन्धिमा भएका धेरै विषयका कार्यान्वयनको यर्थात अवस्था सबैसामु जगजायछ छ,’ उनले भने, ‘तिनै प्रतिबद्धता कार्यन्वयन गर्न बालमैत्री स्थानिय शाषनको अवधारणा कार्यान्वयनमा ल्याएको करिब १३ वर्षको अन्तरालमा छौँ हालसम्म २६ स्थानीय तह र करिब १ सय वडा मात्र बालमैत्री हुनु दुर्भाग्य छ। सिंगो देशलाई बालमैत्री बनाउन अन्तराष्ट्रिय समुदायसामु गरेको प्रतिवद्धता पुरा गर्न राज्यले बालवालिकामाथि गरेको लगानी अत्यन्तै न्युन छ।’ 

सांसद रानाले अबको बजेटमा बालबालिकामैत्री बजेट तर्जुमा गरी बालवालिकामाथि लगानी गर्न र देशमा बाललगानी दशकको घोषणाको लागि सरकारसँग माग पनि गरेकी छन्। 

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, वैशाख २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्