काग्रेसले भन्यो– आतंकवादविरूद्ध हुने कारबाही जायज छ
‘हामी जहिलेपनि आतंकवादको खिलापमा छौं। आतकंवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौं,’ बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भने, ‘आतंवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा छौं।’-1746280080.jpg)
काठमाडौं, वैशाख २६ : आफ्नो पार्टी सबै किसिमको आतंकवाद विरूद्धमा रहेको ठहर नेपाली कांग्रेसले गरेको छ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले आतंकवादको विरुद्धमा हुने कारबाहीलाई पार्टीले जायज रुपमा लिएको प्रवक्ता डा. प्रकारणशरण महतले बताए।
‘हामी जहिलेपनि आतंकवादको खिलापमा छौं। आतकंवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौं,’ बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भने, ‘आतंवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा छौं।’
प्रवक्ता महतले भारत–पाकिस्तानबीचको तनाव फुल स्केल युद्धमा परिणत नहोस् भन्ने पार्टीको चाहना रहेको बताए।
‘युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलिएनमाथि पनि आक्रमण भएको छ,’ उनले भने, ‘सैनिक अड्डाहरुमा पनि आक्रमण भएको छ। यो फुलस्केल युद्धको रुपमा परिणत नहोस्। शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौं।’










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)