Kathmandu Press

भारत–पाकिस्तान तनावप्रति नेपाल सरकारको चिन्ता  व्यक्त

नेपालले सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतंकवादी हमलाको तत्काल र निःसन्देह रूपमा भत्र्सना गरेको थियो।
भारत–पाकिस्तान तनावप्रति नेपाल सरकारको चिन्ता  व्यक्त

काठमाडौं, वैशाख २६ : नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ।

भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो। 

उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो।

नेपालले सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतंकवादी हमलाको तत्काल र निःसन्देह रूपमा भत्र्सना गरेको थियो।

‘आतंकवाद विरुद्धको लडाइमा नेपाल सबै पक्षसँगै उभिएको छ। आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन,’ मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ।
 

प्रकाशित मिति: १०:४२ बजे, शुक्रबार, वैशाख २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्