Kathmandu Press

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षति : सभापति देउवा

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षति : सभापति देउवा

काठमाडौं, वैशाख २५ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं लोकतान्त्रिक आन्दोलनका योद्धा तीर्थराम डङ्गोलको निधनले सिंगो पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन्उर। 

स्व. नेता डंगोलको १३औं पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले आज आयोजना गरेका श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले सादगी एवम् कर्मठ योद्धाको निधनले पार्टीका लागि मात्रै नभई सिंगो देश र समाजका लागि ठूलो क्षति भएको बताए।

उनले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा नेता डंगोलले निर्वाह गरेको भूमिका पार्टीले कदापी नबिर्सिने उल्लेख गर्दै नेता डंगोलको त्याग, संघर्ष, अनुभव, जीवनशैली र समपर्णलाई समेटेर उपयोगी र सान्दर्भिक कृति प्रकाशित गर्न सुझाव दिए।

‘पार्टीका त्यागी एवं निष्ठावान् नेताको असामयिक निधनले पार्टीलाई गहिरो क्षति पुगेको छ। उहाँको विचार र आदर्शलाई आत्मसात् गरिकन पार्टीलाई सुदृढ र एकताबद्ध ढङ्गबाट अघि बढाउने प्रतिबद्धतासहित नेता डंगोललाई स्मरण गरौं,’ सभापति देउवाले भने।

काठमाडौं कांग्रेसका पूर्वसभापति एवं प्रजातान्त्रिक योद्धा डंगोलको ७७ वर्षको उमेरमा वैशाख १२ गते निधन भएको थियो। 

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, वैशाख २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्