Kathmandu Press

जातीय विभेद कसुरमा सफाई दिने न्यायाधीशमाथि कारवाहीको मागसहित परिषदमा उजुरी

फैसला बदर र न्यायाधीशमाथि कारवाहीको माग राखेर सोती घटनामा हत्या गरिएका नवराज विकका बुवा मुनलाल नेपाली, गोविन्द शाहीकी आमा भिमीकुमारी बुढाथोकी शाही र लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले उजुरी दिएका हुन्। 
जातीय विभेद कसुरमा सफाई दिने न्यायाधीशमाथि कारवाहीको मागसहित परिषदमा उजुरी

काठमाडौं, वैशाख २६ : रूकुमपश्चिम सोती घटनामा जातीय विभेद कसुरको मुद्दामा सफाई दिने उच्च अदालतका दुई न्यायाधीशमाथि छानविनको माग राखेर न्याय परिषदमा उजुरी दर्ता गरिएको छ। 

पीडित परिवारले बिहीबार फैसलामा संलग्न उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरूद्ध उजुरी दिएको हो। 

Hardik ivf

फैसला बदर र न्यायाधीशमाथि कारवाहीको माग राखेर सोती घटनामा हत्या गरिएका नवराज विकका बुवा मुनलाल नेपाली, गोविन्द शाहीकी आमा भिमीकुमारी बुढाथोकी शाही र लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले उजुरी दिएका हुन्। 

गत वैशाख १६ गते उच्च अदालत सुर्खेतका न्यायाधीशहरू मैनाली र भण्डारीले सोती घटनामा २३ जना आरोपीलाई जिल्ला अदालत सुर्खेतले दिएकै जन्मकैद सजायलाई सदर गरे पनि जातीय विभेद कसुरको मुद्दामा भने अभियुक्तलाई सफाई दिएका थिए। 

उच्च अदालत सुर्खेतले जातीय भेदभाव तथा छुवाछुतमा जिल्ला अदालतबाट दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय उल्ट्याएको थियो । २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको हत्या जातीय विभेदकै कारणले भएको बताउँदै पीडित परिवार र दलित समुदायले विरोध जनाउँदै आएको छ। 

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, वैशाख २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्