पीडितको असहमतीलाई वेवास्ता गर्दै टिआरसी समिति अघि बढ्यो
आयोगका पदाधिकारी सिफारिसका लागि पूर्व प्रधानन्यायाधीश ओमप्रकास मिश्रको संयोजकत्वमा बनेको समितिले विहीबार इच्छुक उम्मेदवारहरूसँग अन्तरवार्ता लिएको छ।
काठमाडौं, वैशाख २६ : द्वन्द्वपीडितको विरोधविच संक्रमणकालीन न्यायसम्बन्धी सिफारिस समितिले आफ्ना कामकारवाही अघि बढाएको छ।
आयोगका पदाधिकारी सिफारिसका लागि पूर्व प्रधानन्यायाधीश ओमप्रकास मिश्रको संयोजकत्वमा बनेको समितिले विहीबार इच्छुक उम्मेदवारहरूसँग अन्तरवार्ता लिएको छ। पीडितहरूले भने सर्टलिष्टमा परेका उम्मेदवारको पृष्ठभूमिलाई लिएर समानान्तर आयोग गठनको चेतावनी दिँदै आएका छन्।
सरकारले सत्य निरुपण तथा मेलमिलाप अयाोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि मिश्र संयोजत्वमा सिफारिस समिति गठन गरेको थियो।
समितिले भोली शुक्रबारसम्म अन्तरवार्ता सकाउने कार्यतालिका तय गरेको छ। अहिले अध्यक्षका उम्मेदवारको अन्तरवर्ता सकिएको छ। सदस्यहरूको अन्तरवार्ता बाँकी छ । आज १२ सदस्य उम्मेदवारको अन्तरवार्ता लिइएको छ। समिति चौडै दुबै आयोगका पदाधिकारीका लागि नाम सिफारिस गर्ने तयारीमा छ।
द्वन्द्वपीडितहरुले भने सामुहिक रुपमा सिफारिस समितिको छनोट प्रक्रियामाथि नै गंभिर असन्तुष्टि र आशंका जनाउँदै आएका छन्। पीडितसहित नागरिक समाजका प्रतिनिधिको समूहले सोमबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर आयोगमा भागबन्डा नगर्न र पीडितका प्रतिनिधि समेत समावेश गरेर स्वतन्त्र एवम् निश्पक्ष ढंगले काम गर्न भनेर ज्ञापनपत्रसमेत बुझाएका थिए।
पीडितले तत्कालका लागि प्रक्रिया रोक्न माग गरे पनि समिति भने अघि बढेको छ। बुधबार मात्रै पीडित संलग्न विभिन्न नौं वटा संघ संस्थाले आयोगमा नियुक्तीका लागि भनेर गरिएका प्रश्तावित ३१ उम्मेदवारको नाम फिर्ता लिएको थियो । पीडितहरुले दलीय भागबन्डाका आधारमा सर्टलिष्ट तयार पारिएको भन्दै आशंका व्यक्त गर्दै आएका छन्।
दलिय भावण्डाका आधारमा निश्चित व्यक्तिहरूलाई नियुक्त गर्ने मनसाय देखिएको बताउँदै आयोगको स्वतन्त्रता, निश्पक्षता, स्वच्छता र तटश्थतामाथि प्रश्न उठाइरहेका छन्। दुई महिनाभित्रै कार्य सम्पन्न गर्ने म्याण्डेड पाएको मिश्र समितिको म्याद आगामी जेठ १३ गते सकिँदै छ।