Kathmandu Press

राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन : कमल थापा 

थापाले हिन्दु राष्ट्रको र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएको बताए।
राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन : कमल थापा 

काठमाडौं, वैशाख २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने बताएका छन्।

राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले हिन्दु राष्ट्रको र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएको बताए।

Hardik ivf

‘आज हामी सबै राष्ट्रवादीहरु, राजावादीहरु, हिन्दुवादीहरु, प्रजातन्त्रवादीहरु एक ठाउँमा एकजुट भएर उभिएका छौं। केवल एक पटक भाषण गर्नको निम्ती मात्रै मञ्चमा उभिएका होइनौं,’ उनले भने, ‘हामीहरु हिन्दु राष्ट्रको र राज संस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएका छौं। हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र टुटाउन फुटाउन सक्दैन।’

अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने बताए। उनले हिन्दु राष्ट्रको पुनःस्थापना गरी आर्थिक सुशासन कायम गर्ने दाबी समेत गरे। 

‘एकताबद्ध भएर हामी चाँडै नै भ्रष्ट व्यवस्था र  भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दु राष्ट्र र राजसंस्था  पुनस्र्थापना गरी शुसासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने अवस्थासम्म एकताबद्ध रहने छौं,’ उनले भने।
 

प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, वैशाख २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्