Kathmandu Press

कानुन बनाएर श्रमिकहरुको सेवाशुल्क दिलाउन सांसद पौडेलको माग

उनले सेवाशुल्क खारेजी पनि दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा रहेको भन्दै चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गरेकी हुन्। 
कानुन बनाएर श्रमिकहरुको सेवाशुल्क दिलाउन सांसद पौडेलको माग

काठमाडौं, वैशाख २५ : नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले होटल क्षेत्रमा काम गर्ने श्रमिकहरुको सेवाशुल्क कानुन बनाएर पुनः लागू गराउन माग गरेकी छिन्। 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सेवाशुल्क खारेजी पनि दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा रहेको भन्दै चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गरेकी हुन्। 

‘सर्वोच्च अदालतले होटल क्षेत्रमा काम गर्ने श्रमिहरुकहरुले खाँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरेर कानुन बनाए मात्रै तयो खाऊ भनेर आदेश गरेको छ। जसका कारण अहिले देशमा दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा छन्,’ उनले भने, ‘त्यसैले म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु। जुन सेवा सुविधा श्रमिहरुले पाइरहेको थियो त्यो चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गर्न चाहन्छु।’ 
 

प्रकाशित मिति: १३:०० बजे, बिहीबार, वैशाख २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्