जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग
बिहीबार बसेको प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानविनका लागि माग गरे।
काठमाडौं, वैशाख २५ : नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्नका लागि माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानविनका लागि माग गरे।
उनले के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने हो भन्दै प्रश्न गरे।
‘जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा उर्जा मन्त्रालयको मन्त्री र जगदुल्लाह हाइड्रोपावरको कार्यकारी निर्देशकको मिलेमतो भएको छ भन्ने कुराहरु विभिन्न सञ्चारमाध्यममा आएको छ। के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने? यो विषय अख्तियारमा नि गएको छ,’ उनले भने, ‘खरिद नियमावली विपरीत छ भनेर त्यहाँ पनि गएको छ । यसमा मन्त्रीको समेत मिलेमतो भएको कारण यसको छानविनको लागि माग राख्दछु।’










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)