Kathmandu Press

देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित पुरातनवादी तत्वहरु छट्पटाएका छन् : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री ओलीले पुरातनवादी तत्वहरु लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दै हिडेको बताए। 
देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित पुरातनवादी तत्वहरु छट्पटाएका छन् : प्रधानमन्त्री ओली 

ललितपुर, वैशाख २५ : प्रधानमन्त्री केपी ओलीले पुरातनवादी तत्वहरु देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित रहेको बताएका छन्। 

‘लोकान्तर डटकम’को नवौँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले पुरातनवादी तत्वहरु लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दै हिडेको बताएका हुन्। 

Hardik ivf

‘यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरु काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन्। यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्वहरु छट्पटाएका छन्,’ उनले भने, ‘उसले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिएको छ। उनीहरु यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन्।’

प्रधानमन्त्री ओलीले अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरुले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेको बताए । उनले आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्न समेत पछि नपरेको बताए। 

‘अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरुले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेका छन्। आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्ने भन्न पछि पर्दैनन्। यस्तो खालको असहिष्णुता र संकीर्णता बोक्नेहरुले लोकतन्त्र पचाउन नसकेका हुन्,’ उनले भने, ‘यथार्थमा लोकतन्त्र श्रेष्ठ विकल्प हो । यसको विकल्प छैन, त्यसैगरी आशावादीता ठिक बाटो हो, यसलाई छोड्न हुँदैन,’ उनले भने। 

प्रकाशित मिति: ११:१९ बजे, बिहीबार, वैशाख २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्