Kathmandu Press

मेट गला सम्झेर रमाउँदै प्रियंका चोपडा

काठमाडौं, वैशाख २३ : कोरोना भाइरसको कारण यो वर्ष कयौं अन्तर्राष्ट्रिय कार्यक्रमहरु स्थगित भएका छन् । मेट गला कार्यक्रम पनि एक हो।

विश्वभर को....

मेट गला सम्झेर रमाउँदै प्रियंका चोपडा

काठमाडौं, वैशाख २३ : कोरोना भाइरसको कारण यो वर्ष कयौं अन्तर्राष्ट्रिय कार्यक्रमहरु स्थगित भएका छन् । मेट गला कार्यक्रम पनि एक हो।

विश्वभर कोरोना भाइरसको महामारी नफैलिएको मे ४ अर्थात सोमबारदेखि मेट गला २०२० सुरु हुनेथियो।

Hardik ivf

मेट गलामा बलिउड नायिका प्रियंका चोपडा धेरै पटक देखिएकी छिन्। यस पटक भने प्रियंकाले घरमै बसेर मेट गलामा रमाउन खोजेकी छन्।

उनले इन्स्टाग्राममा आफ्नी भतिजी स्काई कृष्णासँगका तस्विर सेयर गरेकी छिन्। जसमा उनलाई कृष्णाले तयार पारिरहेकी छिन्। तस्विरमा उनलाई कृष्णाले ताज पनि पहिराएकी छन्।

दोस्रो तस्बिरमा उनको आँखाको मेकप गरिएको छ। प्रियंका तेस्रो तस्विरमा लिपस्टिक आइलाइनर लगाउने क्रममा देखिन्छिन्। यस तस्विरमा उनको आइलाइनर र लिपस्टिक बिग्रिएपछि रमाउँदै हाँसेको देख्न सकिन्छ।

उनका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

 

प्रकाशित मिति: १२:३५ बजे, मंगलबार, वैशाख २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्