Kathmandu Press

आज दुई वटा संसदीय समितिको बैठक बस्दै 

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक सिंहदरवारमा दिनको १ बजे बस्ने भएको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै 

काठमाडौं, वैशाख २५ : संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछ । 

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक सिंहदरवारमा दिनको १ बजे बस्ने भएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूची रहेको छ ।  

यस्तै, आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु (गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम) को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा माथि छलफल गरिने कार्यसूची रहेको छ । 

 

प्रकाशित मिति: ०८:४६ बजे, बिहीबार, वैशाख २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्