Kathmandu Press

बाल संगठनको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध ठगी मुद्दा

ठगीको कसुरमा बुधबार जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो। 
बाल संगठनको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध ठगी मुद्दा

काठमाडौं, वैशाख २४ : नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। 

ठगीको कसुरमा बुधबार जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो। 

जग्गा हिनामिना प्रकरणमा ६० करोड ३९ लाख ७७ हजार दुई सय ७१ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दर्ता भएको छ। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमानसिंहकी दिदी रिता सिंहसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। 

बालमन्दिरको जग्गा बृहस्पति बिद्यासदनलाई लिजमा दिँदा हिनामिना भएको आरोप अभिउयोगपत्रमा लगाइएको छ। 

अभियोगपत्रमा सिंहसहित तुलसीनारायण श्रेष्ठ, गणेश भक्त श्रेष्ठ, कृष्णशंकर साह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ, दिपकराज श्रेष्ठ, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई प्रतिवादी कायम गरिएको छ। 

प्रकाशित मिति: १८:२४ बजे, बुधबार, वैशाख २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्