‘कर्मचारीद्वारा माथिल्लो तह संरक्षित भएका छन्’
उनले अख्तियारमा बलिको बोको कर्मचारी मात्र हुने अवस्था भएको भन्दै कर्मचारीले पनि कोबाट निर्देशित भएको कुरा खुलाउन नचाहेको बताए।
काठमाडौं, वैशाख २४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले अख्तियारमा उजुरी पर्दा माथिल्लो तहको मान्छेलाई जोगाउने गरेकोले भष्ट्रचारको जरो उखेल्न नसकेको बताएका छन्।
बुधवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अख्तियारमा बलिको बोको कर्मचारी मात्र हुने अवस्था भएको भन्दै कर्मचारीले पनि कोबाट निर्देशित भएको कुरा खुलाउन नचाहेको बताए।
‘ठुला ठुला पहुँच भएको मान्छे नै लागेका छौं। सुचना प्रविधिको क्षेत्रमा हामीले हाम्रो पहुँच देखाएका छौ। मान्छेलाई परिचालन गर्ने माथिल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न छ तर बलिको बोको त कर्मचारी मात्र हुने अवस्था छ तर माथिल्लो तहको मान्छे संग्लन छ कि छैन भनेर बयान दिने मान्छेले प्रमाण सहित भन्नुपर्छ,’ उनले भने, ‘तर कोही को बाट परिचालन भएको भनेर नाम लिनै चाहान्नँ म आफैं सबै व्यहोर्छु भन्ने छन्। त्यसले गर्दा भष्ट्रचारको जरो उखेल्न नसकेको हो।’
अध्यक्ष राईल् अनुगमन गर्ने निकाय धेरै हुदाँ पनि काममा नकारात्मक प्रभाव परी ढिलासुस्ती भएको बताए।
‘अनुगमन गर्ने निकाय धेरै भएको जस्तो छ । सबैजना अनुगमन गर्ने तर काम चै खासै नभएको देखिन्छ । मेलम्ची अनुगमन गर्न कति जान्छन् ? कस्को अधिकार कति हो ? मेरो अधिकार कति हो भनेर कसैले बुझेन् । त्यसले पनि काममा ढिलासुस्ती भएको छ,’ उनले भने।
उनले सिङगापुर अमेरिका लगायतको देशबाट भष्ट्रचारको पैसा ल्याउन नसकेको बताए। उनले सरकारले वाइलाइटर एग्रिमेन्ट नगरेकाले भष्ट्रचारको पैसा ल्याउन नसकेको भन्दै सिङगापुरले एग्रिमेन्ट गरी पैसा लैजान भनेको पनि जानकारी दिए।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)