राजनीतिक उद्देश्य पूरा गर्न निर्दोष नागरिकमाथि आक्रमण भएको पाकिस्तानको आरोप
पाकिस्तानले आफ्नो भूमिमा आतंकवादी शिविर रहेको भारतको दाबीलाई अस्वीकार समेत गरेको छ।
काठमाडौं, वैशाख २४ : पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफको अध्यक्षतामा बसेको पाकिस्तान राष्ट्रिय सुरक्षा समिति (एनएससी) को बैठकपछि धारणा सार्वजनिक गर्दै राजनीतिक उद्देश्य पूरा गर्न निर्दोष नागरिकमाथि आक्रमण गरेको आरोप भारतमाथि लगाइएको छ।
पाकिस्तान राष्ट्रिय सुरक्षा समिति (एनएससी) को बैठकपछि जारी विज्ञप्तिमा यस्तो आरोप लगाइएको हो। पाकिस्तानले आफ्नो भूमिमा आतंकवादी शिविर रहेको भारतको दाबीलाई अस्वीकार समेत गरेको छ।
‘आफ्नो राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गरियो,’ विज्ञप्तिमा भनिएको छ।
२२ अप्रिल २०२५ पछि पाकिस्तानले विश्वसनीय, पारदर्शी र निष्पक्ष अनुसन्धानको लागि वास्तविक प्रस्ताव गरे पनि दुर्भाग्यवश स्वीकार नगरिएको पनि विज्ञप्तिमा जनाइएको छ।
पाकिस्तानले आफ्नो दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण प्रस्तुत नगरी भारत अगाडि बढेको आरोप समेत लगाएको छ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)