Kathmandu Press

नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद

सांसद साउदले महाकाली करिडोरमा हरेक वर्ष बजेट आउने तर काम हुन नसकेको भन्दै करिडोरको काम छिटो र समयमा सम्पन्न गर्न सके धेरै फाइदा हुने बताएका छन्। 
नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद

काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपाल कृषि प्रधान मुलुक भएतापनि कृषिमै आत्मनिर्भर हुन नसकेको बताएका छन्। 

बुधवार प्रतिनिधिसभामा बोल्दै उनले नेपालमा भएको जनशक्ति, जलस्रोतलाई पर्याप्त रुपमा प्रयोग गर्न नसकिएको भन्दै कृषि क्षेत्रमा सरकारले काम गर्न नसकेको बताए ।

Hardik ivf

‘मुलुक कृषि प्रधान देश हो, तर कृषिमै आत्मनिर्भर हुन सकेको छैन। त्यसका लागि धेरै कुरा जिम्मेवार छन्। हामीसँग भएको जनशक्ति, जलस्रोतलाई प्रयाप्तरुपमा प्रयोग गर्न सकिएको छैन,’ उनले भने, ‘जलआधारहरुको परिवर्तन गरेर, सिंचाईको नहरहरुको विकास गरेर हामी कृषिमा आत्मनिर्भर हुन सक्दछौं। कृषिमा ९० प्रतिशत नेपालीहरु संग्लन भएकाले सम्पुर्ण नेपालीको जीवनयापन सहज बनाउन सरकारले काम गनुपर्छ।’

सांसद साउदले महाकाली करिडोरमा हरेक वर्ष बजेट आउने तर काम हुन नसकेको भन्दै करिडोरको काम छिटो र समयमा सम्पन्न गर्न सके धेरै फाइदा हुने बताएका छन्। 

‘महाकाली करिडोरको लागि हरेक वर्ष बजेट आउँछ त्यो कोरिडोर महेन्द्रनगर देखि तिब्बतको तिङकरसम्म फैलिएको छ त्यसलाई छोटो, छरितो र समयमा सम्पन्न गर्न सके उत्तर दक्षिणकाबीचमा व्यापारिक रुपमा पनि फाइदा दिन सक्दछ,’ उनले भने। 

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, वैशाख २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्