Kathmandu Press

प्रचण्ड घाइते भएपछि छलफल स्थगित 

प्रचण्ड गएराति शौचालयमा लडेर घाइते भएपछि छलफल स्थगित भएको हो। अर्को सूचना नआएसम्म छलफल स्थगित भएको जनाइएको छ। 
प्रचण्ड घाइते भएपछि छलफल स्थगित 
फाइल तस्बिर।

काठमाडौं, चैत २६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लडेर घाइते भएपछि सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित गरिएको छ। 

सुदूरपश्चिम प्रदेशमा उत्पन्न विवादको समाधानका लागि प्रचण्डले बुधवार दिउँसो १ बजेका लागि दलका नेताहरूलाई आफ्नो निवास खुमलटार डाकेका थिए। 

Hardik ivf

प्रचण्ड गएराति शौचालयमा लडेर घाइते भएपछि छलफल स्थगित भएको हो। अर्को सूचना नआएसम्म छलफल स्थगित भएको जनाइएको छ। 

सुदूरपश्चिम प्रदेशमा उत्पन्न विवादको समाधानका लागि प्रचण्डले डाकेपछि सुदूरपश्चिम प्रदेशका नेताहरु काठमाडौं आइसकेका छन्। 

अर्को छलफल कहिले हुने भनेर केही खुलाइएको छैन। २०८० फागुनमा मानबहादुर धामी दलको नेता बने यता विवाद उत्पन्न हुँदै आएको छ। 

सहमतिमै विवाद समाधान गर्न पटक–पटक दिए पनि कार्यान्वयन नभएपछि प्रचण्डले बुधवार नीनि निवास खुमलटार बोलाएका थिए।

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, वैशाख २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्