Kathmandu Press

कश्मिर आक्रमणमा पाकिस्तानको भूमिकाको प्रमाण आफूसँग रहेको भारतको दाबी

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा कश्मिरमा भएको आक्रमणमा पाकिस्तानको भूमिका रहेको प्रमाण भारतसँग रहेको दाबी गरेका छन्।
कश्मिर आक्रमणमा पाकिस्तानको भूमिकाको प्रमाण आफूसँग रहेको भारतको दाबी

काठमाडौं, चैत २६ : भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई गत अप्रिल २२ गते जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको जबाफ रहेको बताएको छ।

भारतले बुधबार राति पाकिस्तानका ९ ठाउँमा मिसाइल आक्रमण गरेको थियो। उक्त आक्रमका बिषयमा भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत भारतको कदमबारे जानकारी गराएको थियो।

Hardik ivf

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा कश्मिरमा भएको आक्रमणमा पाकिस्तानको भूमिका रहेको प्रमाण भारतसँग रहेको दाबी गरेका छन्।

अन्तरराष्ट्रिय सचारमाध्यमले जनाए अनुसार सचिव मिश्रीले पहलगाम आक्रमणको जिम्मेवारी रेसिस्टेन्ट फ्रन्ट (आरटिएफ) भनिने समूहले लिएको र यो समूह लस्कर–ए–तैयबासँग जोडिएकाले पाकिस्तानको सम्बन्ध स्पष्ट रूपमा स्थापित भएको मिश्रीले बताएका छन्।

मिश्रीले पहलगाममा भएको आतंकवादी आक्रमणबारे विश्वव्यापी चिन्ताका बाबजुद पनि पाकिस्तानले आफ्नो भूमिबाट सञ्चालित आतंकवादी सञ्जालहरूलाई नष्ट गर्न कुनै कारबाही नचलाएका कारण पनि उक्त आक्रमणमा पाकिस्तानको भूमिका प्रष्ट हुने दाबी गरे। ‘पाकिस्तानले आतंककारीहरूको लागि सुरक्षित आश्रयस्थलको रूपमा विश्वमा पहिचान बनाएको छ,’ मिश्रीले भने।

भारतीय सेनाका कर्नेल सोफया कुरेशीले पहलगाममा मारिएकाहरूको न्यायका लागि अपरेशन सिन्दुर सञ्चालन गरिएको बताइन्। अन्तरराष्ट्रिय सचारमाध्यमले जनाए अनुसार कुरेशीले पाकिस्तानमा नौवटा आतंकवादी अड्डाहरूलाई लक्ष्य गरी आक्रमण गरिएको बताएकी छन्।

 

प्रकाशित मिति: १२:३६ बजे, बुधबार, वैशाख २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्