Kathmandu Press

पाकिस्तानी सैन्य टोलीको नेपाल भ्रमण समयप्रति सांसद साउदको असन्तुष्टि

उनले छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन्।
पाकिस्तानी सैन्य टोलीको नेपाल भ्रमण समयप्रति सांसद साउदको असन्तुष्टि
फाइल तस्बिर।

काठमाडौं, चैत २६ : नेपाली कांग्रेसका सांसद एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले प्रतिनिधिसभाको बैठकमा बोल्दै पाकिस्तानी उच्चस्तरीय सैन्य टोलीको नेपाल भ्रमणको समयप्रति असन्तुष्टि जनाएका छन्।

सांसद साउदले भारत र पाकिस्ताबीचमा विकसित परिस्थितलाई सरकारले नजरअन्दाज गरेको बताए। 

Hardik ivf

उनले छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन्।

‘भ्रमण पूर्वनिर्धारित नै भएपनि वर्तमान स्थितिका बारे संवदेशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो,’ साउदले भने। 

साउदले भारतको जिम्मु काश्मिर स्थित पहलगाम घटनामा आस्थाका आधारमा नेपालीको ज्यान जाने गरी घटना भएको स्मरण पनि गरे। 

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, वैशाख २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्