Kathmandu Press

‘धितोपत्र बोर्डले आईपीओ जारी गर्न कमिसन मागेकोबारे छानिबन गरियोस्’

सरकारले २८ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको अवस्थामा सरकारको संयन्त्रले नै कमिसन मागेको विषय गम्भीर रहेको उनको भनाइ थियो।
‘धितोपत्र बोर्डले आईपीओ जारी गर्न कमिसन मागेकोबारे छानिबन गरियोस्’

काठमाडौं, वैशाख २४ : धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि जलविद्युत आयोजनाबाट कमिसन माग भएको विषयमा छानविन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले माग गरेको छ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी सांसद माधव सापकोटाले धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि ५ देखि ७ प्रतिशतसम्म कमिसन मागिएको भन्ने समाचार प्रकाशित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले छानबिनको माग गरे।

सरकारले २८ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको अवस्थामा सरकारको संयन्त्रले नै कमिसन मागेको विषय गम्भीर रहेको उनको भनाइ थियो। ‘यो विषयमा भरपर्दो संयन्त्रले छानबिन गर्नपर्‍यो। यो छानबिनका लागि रुलिङको माग गर्दछु,’ सांसद सापकोटाले भने।

जलविदयुत परियोजनाका लगानीकर्तालाई हतोत्साहित गर्नका लागि बिचौलियालाई प्रयोग गरिएको उनको भनाइ थियो। ‘सरकारलाई बिचौलियाले चलाइरहेको छ’ भन्ने पुष्टि भएको उनले बताए।

प्रकाशित मिति: १२:२२ बजे, बुधबार, वैशाख २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्