Kathmandu Press

अर्थतन्त्रको ऐनामा कुरुप कमिसन खोरको अनुहार देखिएको छ : सांसद कार्की

उनले आईपिओहरुको निष्कासन गर्नको लागि उनले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन्। 
अर्थतन्त्रको ऐनामा कुरुप कमिसन खोरको अनुहार देखिएको छ : सांसद कार्की
Hardik ivf

काठमाडौं, वैशाख २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैटठकमा बोल्दै उनले आईपिओहरुको निष्कासन गर्नको लागि उनले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन्। 

‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो। तर यो ऐनामा एउटा कुरुप कमिसन खोरको अनुहार देखिएको छ। आईपिओहरुको निष्कासन गर्नको लागि धितोपत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन मागको कुरा बजारमा आइरहेको छ,’ उनले भनिन्, ‘बोर्डले आफूले राम्रोसँग काम गरेको छैन। पुँजीबजारमा हजारौैं नागरिकको पैसा फसेको छ। उनीहरुमाथि अन्याय भएको छ। तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाओस् र कमिसन खोर बोर्डको अध्यक्षमाथि कारबाही होस्।’

प्रकाशित मिति: १२:१२ बजे, बुधबार, वैशाख २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्