भारत र पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको अपिल
‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’
काडमाडौं, वैशाख २४ : भारतले पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेपछि संयुक्त राष्ट्रसंघले दुवै देशलाई संयम रहने अपिल गरेको छ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् ।
नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेको गुटेरेसले बताएका छन्।
गुटेरेसको भनाई उल्लेख गर्दै प्रवक्ता स्टेफन दुजारिक भनेका छन्, ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’
प्रकाशित मिति: ११:४३ बजे, बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
