प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्बिर ‘फेसबुक’मा ‘पोष्ट’ गर्दै प्रधानमन्त्री ओलीले “आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो ।
काठमाडौँ, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्बिर ‘फेसबुक’मा ‘पोष्ट’ गर्दै प्रधानमन्त्री ओलीले “आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो ।
आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरेका छौँ । सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना”, लेखेका छन् ।
प्रकाशित मिति: ०७:५३ बजे, बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)